२४ फागुन काठमाडौँ । नेपालले अतिकम विकसित देशहरुको ‘कोअर्डिनेसन ब्यूरो’को अध्यक्षको जिम्मवारी पाएको छ । अतिकम विकसित राष्ट्रहरूको पाँचौ अन्तराष्ट्रिय सम्मेलनमार्फत नेपालले संयोजकको जिम्मेवारी पाएको हो ।
मार्च ५ देखि कतारको राजधानी दोहामा सुरु भएको उक्त सम्मेलनले नेपाललाई अतिकम विकसित राष्ट्रहरूको ‘कोअर्डिनेसन ब्युरो’ को अध्यक्षको जिम्मेवारी दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । एकमहिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच उक्त जिम्मेवारीको औपचारिक हस्तान्तरण हुनेछ।
सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा प्रवेश गर्ने प्रतिबद्धता दोहोर्याएको छ। संयुक्त राष्ट्रसंघ, त्यसका निकायहरू र सबै विकास साझेदारहरूले नेपालको विकासशील राष्ट्रमा प्रवेशलाई सहज र सुनिश्चित बनाउन सहयोग गर्नुपर्ने आवाज नेपालले उठाएको छ ।
प्रतिक्रिया दिनुहोस्