२४ फागुन काठमाडौं । सामसङले आफ्नो बजेट फोन ग्यालेक्सी एम १४ सार्वजनिक गरेको छ । फोनमा ६.६ इन्चको डिस्प्ले छ जसमा ९० हर्जको रिफ्रेसरेट दिइएको छ ।
फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित १ मेगापिक्सेलको सेल्फि क्यामेरा छ ।
फाइभजी सपोर्ट गर्ने यो फोनमा ४ जीबीको र्याम सहित ६४ जीबी र १२८ जीबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ । ६४ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य २२५ डलर (करिब ३० हजार रुपैयाँ) छ भने १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य भने २४४ डलर (करिब ३२ हजार रुपैयाँ) तोकिएको छ ।
फोनमा २५ वाटको फास्ट चार्जिङ सहितको ६००० एमएएचको ब्याट्री छ ।
प्रतिक्रिया दिनुहोस्