Ad imageAd image

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना

खबर खुराक
खबर खुराक २४ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

२४ फागुन काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागु हुनेछ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ ।

यसका साथै, उक्त ग्राहकहरूलाई कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५०० सम्मको क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक २०७९ चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागु हुनेछ ।

सानिमा बैंकले नारीहरूको सम्मानमा यो योजना ल्याएको हो । सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइट क्लिक गरी खोल्न सकिनेछ ।

- Advertisement -
Ad image

सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरू र १२३ वटा ए.टी.एम. सञ्जालहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्