Ad imageAd image

भूकम्पपछि गाउँ फर्किएर कृषिमा रमाउँदै राई दम्पती

खबर खुराक
खबर खुराक २४ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

२४ फागुन खोटाङ । लामो समयदेखि काठमाडौँको सिनामङ्गलमा ‘होटल कल्पवृक्ष’ सञ्चालन गरी राम्रो आम्दानी गरिरहेको खोटाङ दिक्तेलका सुमन राईको परिवारलाई विसं २०७२ को भूकम्प गाउँ फर्कने बाहना बन्यो । भूकम्पको धक्का व्यवसायमा पनि पर्‍यो । त्यसैकारण भूकम्पपछि गाउँ फर्किएका राई दम्पतीलाई फेरि काठमाडौँ पस्ने रहर जागेन ।

‘होटलबाट मासिक औसतमा एक लाख रुपैयाँ आम्दानी हुन्थ्यो”, राईले भने, ‘तर भूकम्पका कारण गाउँ फर्किएपछि फेरि काठमाडौँ जान मन लागेन, बरु यतै केही गरौँ भन्ने सोच बन्यो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाका सुमन र श्रीमती सविताको परिवारले काठमाडौँमा नौ वर्ष बिताएपछि यतिबेला भने गाउँमै व्यावसायिक कृषिमा रमाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्