२५ फागुन काठमाडौँ । महिला सशक्तीकरण र लैङ्गिक समानताले समाजको विकासलाई राम्रो गति दिन सक्छ । यही कुरालाई मध्यनजर गर्दै कोका–कोलाले महिला सशक्तीकरण र लैङ्गिक समानता सम्बन्धि धेरै कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
गतवर्षको सक्षम कार्यक्रमको उल्लेखनीय सफलतापश्चात कोका–कोलाले यो वर्ष पनि सक्षम २.० सञ्चालन गर्दैछ । किराना पसल तथा खाजा घरहरु सञ्चालन गर्दै आइरहेका एक हजार महिला व्यवसायीहरुलाई एक दिने तालिममार्फत व्यवसाय सञ्चालन एवम अन्यआवश्यक सीपहरु सिकाई सुदृढ एवम सशक्त गर्ने उद्धेश्यले सक्षम २.० को शुरुवात गरिएको कोका–कोलाकम्पनीले जनाएको छ ।
काठमाडौँ उपत्यकाभित्र र बाहिरका लघु तथा साना उद्यमीमहिलाहरूको व्यावसायिक ज्ञान र सीप अभिवृद्धि गरी व्यवसायलाई अझै राम्रोसँग विस्तार र सञ्चालन गर्ने उनीहरुको क्षमताको विकास गर्ने लक्ष्यको साथगतवर्षको मार्चमा सक्षम कार्यक्रम ल्याइएको थियो । उक्त कार्यक्रममार्फत एक हजार भन्दा बढी महिलाव्यवसायीहरुले आफ्ना सहकर्मीबाट सिक्ने तथा व्यवसाय सम्बन्धि चुनौती र अवसरहरु पहिचान गरी आफ्नो व्यवसायलाई अझप्रभावकारी रुपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने साझा प्लेट्फर्म पाएका थिए।
प्रगतिशील समाजको निर्माणको लागि महिलाहरु नवीन किसिमकाव्यवसाय सञ्चालन गर्न सक्षम छन् र उनीहरुले यस्ता किसिमकाव्यवसायहरु सञ्चालनगर्दै पनिआइरहेका छन ्भन्ने चेतनामुलक सन्देश दिनको लागि सक्षम २.० ल्याईएको हो। जुन यस वर्षको अन्तरराष्ट्रिय नारी दिवसको थिम“डिजिटल इनोभेसन एन्ड टेक्नोलोजी फर जेण्डर इक्वालिटी”लाई समर्थन गर्ने लक्ष्य राख्छ । महिला व्यवसायीहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई व्यवस्थापन र डिजिटल वालेटको प्रयोग सम्बन्धिक्षमतानिर्माण गर्न सक्षम २.० को डिजाइन गरिएको कोका–कोलाकम्पनीले जनाएको छ ।
यो वर्ष सक्षम २.०ले स्टार्टअप र सम्भावित स्टार्टअपहरूलाई व्यवसायको प्रकृतिअनुसारको मेन्टरशिप कार्यक्रम पनि प्रदान गर्नेछ । महिला व्यवसायिहरुलाई आफ्नो व्यवसायिक योजना अथवा व्यवसायलाई अगाडि बढाउन आवश्यक जानकारी र सीप प्रदान गरी उनीहरुको व्यावसायिक क्षमता निर्माण गर्न यो कार्यक्रम केन्द्रित हुनेछ ।
सक्षम २.० को बारेमाबोल्दै बोतलर्स नेपालका प्रबन्ध निर्देशक दीपकनाथ सेन्थिलुले भने,“सक्षम कार्यक्रममार्फत हामी किराना पसल र साना खाजा घरहरु सञ्चालन गर्दै आइरहेका एक हजार महिला व्यवसायीहरुको सीप विकास र क्षमताअभिवृद्धि मार्फत उनीहरुलाई सशक्तीकरण र सुदृढिकरण गर्ने हाम्रो मुख्य उद्धेश्य रहेको छ । धेरै जनामहिलाव्यवसायीहरु हुनुहुन्छ जसले आफ्नै लगानीमा व्यवसायको शुरुवात मात्र गर्नुभएको छैन, त्यसलाई राम्रोसँग सञ्चाल नगर्दै विस्तार पनि गर्न सफल हुनुभएको छ । हाम्रो प्रशिक्षणले उहाँहरुलाई अझै सुदृढ र सक्षम बनाउनेछ भन्ने हामीले आश ालिएका छौँ । साथै म आशागर्दछु कि सक्षम २.० का सबै सहभागीहरूले उपलब्ध स्रोत र सञ्जालहरूको अधिकतम उपयोग गर्नुहुनेछ । ”
त्यस्तै कोका–कोला नेपालकाकन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने,“कोका–कोला कम्पनी विश्वास गर्दछ कि समाजको समग्र विकासकालागिमहिला सशक्तिकरण र लैङ्गिक समानताअत्यन्तै महत्त्वपूर्ण छ । फाइभबाइ ट्वेन्टि, स्टार, र गतवर्षको सक्षमले सहभागीहरुको जीवनमा सकरात्मक परिवर्तन ल्याउन सफलभएको थियो । हामीलाई आशा छ कि सक्षम २.० ले पनि अरु १००० महिला व्यवसायीहरुको सफलताको नयाँँकथा रच्नेछ रलैङ्गिक न्यायपूर्ण र डिजिटल रूपमा सशक्त समाजनिर्माण गर्न योगदान गर्न सक्षम हुनेछ ।”
भर्खरै आफ्नो व्यवसाय शुरु गरेका अथवाव्यवसाय सञ्चालन गरेको एक वर्ष पनि नभएका व्यवसायीहरुले पनि यस यस मेन्टरशिप कार्यक्रममा आवेदनदिन सक्नेछन् ।
नेपालको संविधान २०७२ ले विविधता, समानता र समावेशीकरणलाई केन्द्रमा राखेको छ। नेपाल सरकारको यी योजना र लक्ष्यहरुलाई साकार पार्न कोका–कोला नेपालले पनि हरेक वर्ष महिला सशक्तिकरण सम्बन्धिपहलहरु गर्दै आइरहेको छ । कोका–कोलाले २०१०मा विश्वव्यापी रूपमा महत्वाकांक्षी फाइभबाइ ट्वेन्टि कार्यक्रम सञ्चालन गरेको थियो, जसले २०२०सम्म आफ्नो भ्यालु चेनका ५० लाख महिला उद्यमीहरूलाई आर्थिक रुपमा सशक्तिकरण गर्ने लक्ष्य राखेको थियो । साथै, कोका–कोला नेपालले विगत ६ वर्षमा ५८०० महिला खुद्रा व्यवसायीलक्षित स्टार (शपकिपर ट्रेनिङ एण्ड रिसोर्सेस) कार्यक्रम पनि सफलतापूर्वक सञ्चालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्