Ad imageAd image

प्रचण्डविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा

खबर खुराक
खबर खुराक २५ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

२५ फागुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ ।  रिट पेसी सुचीको घ नम्बरमा रहेको छ ।  प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफूले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्ति बमोजिम उनी माथि छानबिन तथा अभियोजन हुनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा ज्ञानेन्द्र राज आरण समेतले रिट दायर गरेका हुन् ।

यस अघि उनीहरुको रिट अदालत प्रशासनबाट दरपीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठ आदेश शुक्रबार बदर गरेको थियो ।

- Advertisement -
Ad image

दरपीठ आदेश बदर भएसँगै मंगलबार अदालतमा प्रचण्डविरुद्ध रिट दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्