२५ फागुन काठमाडौं । नयाँ सेवाप्रदायकको प्रवेशसँगै नेपालको इन्टरनेट बजारमा उथलपुथल देखिएको छ । स्थापित पुराना इन्टरनेट सेवाप्रदायको बजार खोस्दै डिशहोम फाइबर नेट र सीजी नेट जस्ता नयाँ कम्पनीले आक्रामक रुप देखाएका हुन् ।
पछिल्लो एक वर्षको अवधिलाई मात्रै नियाल्ने हो भने पनि स्थानीय इन्टरनेट बजारमा निकै तरङ्गित बनेको देखिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्ट अनुसार पुस २०७८ यताको एक वर्षमा वर्ल्डलिङ्क, नेपाल टेलिकम, सुबिसु, ब्रोडलिङ्क लगायतका कम्पनीहरूले आफ्नो बजार गुमाएका छन् भने डिशहोम, भायानेट, सीजीनेट, वेबसर्फर जस्ता कम्पनीको बजार हिस्सा वृद्धि भएको छ ।
गत वर्षको पुस मसान्तमा २.७८ प्रतिशत बजार हिस्सा रहेको डिशहोमले एक वर्षको अवधिमा विस्तार गर्दै ७.८६ प्रतिशत पुर्याएको छ । कम्पनीले यो अवधिमा सबैभन्दा धेरै अर्थात एक लाख ४० हजार ८०९ ओटा नयाँ ग्राहक थप गरेको छ ।
जब कि यही अवधिमा दोस्रो धेरै अर्थात एक लाख २९ हजार ७८८ ओटा ग्राहक बनाउने वर्ल्डलिङ्क २९.९९ प्रतिशतबाट २८.८८ प्रतिशत बजारमा खुम्चिएको खुम्चिएको छ ।
बजार हिस्सा गुमाउनेमा सबैभन्दा अगाडि नेपाल टेलिकम रहेको छ । कम्पनीले १५.८१ प्रतिशत रहेको आफ्नो बजार हिस्सा पछिल्लो एक वर्षको अवधिमा ४.१५ प्रतिशतको भारी अन्तरले गुमाउँदै ११.६५ प्रतिशतमा सीमित हुनु परेको छ ।
टेलिकमपछि सुबिसुले समेत १२.८३ प्रतिशत रहेको आफ्नो बजार हिस्सा ३.१८ प्रतिशतले गुमाउँदै ९.८१ प्रतिशतमा खुम्चिनु परेको छ । त्यस्तै शून्य दशमलव ५४ प्रतिशतले बजार गुमाएको ब्रोडलिङ्क २.१९ प्रतिशतमा झरेको छ ।
यस बाहेक भायानेटले १.८७ प्रतिशत, वेबसर्फरले एक प्रतिशत, सीजीनेटले १.१६ प्रतिशत तथा क्लासिक टेक र टेकमाइन्ड्सले झिनो अन्तरमा आफ्नो बजार हिस्सा सुधार गरेका छन् ।
सबैभन्दा धेरै ग्राहक गुमाउनेमा टेलिकम अगाडि
एक वर्षको ग्राहक वृद्धि
सेवाप्रदायक |
पुस २०७८ |
मंसिर २०७९ |
वृद्धि |
वर्ल्डलिङ्क |
587362 |
717150 |
129788 |
नेपाल टेलिकम |
309554 |
289465 |
-20089 |
भायानेट |
162377 |
252355 |
89978 |
वेबसर्फर |
69735 |
113281 |
43546 |
सुबिसु |
251255 |
243679 |
-7576 |
ब्रोडलिङ्क |
53395 |
54398 |
1003 |
डिशहोम |
54486 |
195295 |
140809 |
क्लासिकटेक |
202261 |
258947 |
56686 |
टेकमाइन्ड्स |
84105 |
108991 |
24886 |
सीजीनेट |
11279 |
42010 |
30731 |
अन्य |
172403 |
207608 |
35205 |
जम्मा |
1958212 |
2483179 |
524967 |
स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण
गत वर्षसम्म लगातार रुपमा ग्राहक वृद्धि गर्दै आइरहेका इन्टरनेट सेवाप्रदायक कम्पनी मध्ये कतिपयले पछिल्लो एक वर्षमा ग्राहक गुमाउँदै तीतो अनुभव गर्नुपरेको छ । पुस यताका १२ महिनाको अन्तरमा ९ महिनामा नेपाल टेलिकमको ग्राहक घटेको छ ।
यस अवधिमा कम्पनीले कूल २० हजार ८९ जना भएकै ग्राहक गुमाएको हो । ग्राहक गुमाउनेमा टेलिकम एक्लो कम्पनी भने होइन । टेलिकमसँगै अर्को मुख्य इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु समेत ओरालो लागेको छ ।
उसले यो अवधिमा सात हजार ५७६ जना ग्राहक गुमाएको छ । गत वर्षको माघ महिनामा मात्रै ३३ हजार ८१२ ग्राहकले कम्पनी छोडेका थिए । वर्षभर समग्रमा ४३ हजार ग्राहक थपेको वेबसर्फरले गत वैशाख, जेठ र कात्तिक महिनामा ग्राहक गुमाउन पुगेको थियो ।
त्यस्तै वर्षभरमा एक हजार ग्राहक वृद्धि गरेको ब्रोडलिङ्कको ग्राहक सङ्ख्या एक वर्षको अवधिमा छ महिना ऋणात्मक रहेको देखिन्छ । त्यस्तै सीजी नेटले यस अवधिमा गत वर्षको वैशाखमा पहिलो पटक (तीन हजार २१७) ग्राहक गुमाएको थियो ।
फेरिँदै टप इन्टरनेट सेवाप्रदायकको वरियताक्रम
इन्टरनेट सेवाप्रदायकको वरियता क्रम |
||
क्र.सं |
पुस २०७८ |
मंसिर २०७९ |
१ |
वर्ल्डलिङ्क |
वर्ल्डलिङ्क |
२ |
टेलिकम |
टेलिकम |
३ |
सुबिसु |
क्लासिक टेक |
४ |
क्लासिक टेक |
भायानेट |
५ |
भायानेट |
सुबिसु |
६ |
टेकमाइन्ड |
डिशहोम |
७ |
वेब सर्फर |
वेबसर्फर |
८ |
डिशहोम |
टेेकमाइन्ड्स |
९ |
ब्रोडलिङ्क |
ब्रोडलिङ्क |
बजार उथलपुथल हुँदा नेपालमा इन्टरनेट सेवाप्रदायहरूको बरियता क्रम समेत तीव्र गतिमा परिवर्तन हुन थालेको छ । गत वर्ष तेस्रो स्थानमा रहेको सुबिसु दुई स्थान पछाडि धकेलिँदै पाँचौ स्थानमा पुगेको छ भने आठौँ स्थानमा रहेको डिशहोम दुई स्थान उक्लिँदै छैटौँ नम्बरमा पुगेको छ ।
त्यस्तै क्लासिक टेक र भायानेटले एक एक स्थान सुधार गर्दै क्रमशः तेस्रो र चौथो नम्बरमा रहन सफल भएका छन् । यद्यपि यी दुई कम्पनीबीच झिनो अन्तर छ ।
यसैगरी छैटौँ स्थानमा रहेको टेकमाइन्ड्स आठौँ स्थानमा धकेलिएको छ । तर वर्ल्डलिङ्क, नेपाल टेलिकम र ब्रोडलिङ्क भने बजारको वरियतामा अहिलेसम्म यथास्थानमै अडिएका छन् ।
प्रतिक्रिया दिनुहोस्