Ad imageAd image

आकस्मिक अवतरण गरेको श्री एयरलाइन्सका यात्रुलाई अर्को उडानमार्फत भैरहवा लगिने

खबर खुराक
खबर खुराक २५ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

२५ फागुन काठमाडौँ । प्राविधिक समस्यापछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको यात्रुहरुलाई अर्को उडानमार्फत भैरहवा लगिने भएको छ । बिहीबार बिहान काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८८१ नम्बरको विमान उडान लगत्तै इन्जिनमा समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको थियो ।

सोही जहाजमा सवार ७४ जना यात्रुहरुलाई अर्को फ्लाइटमार्फत भैरहवा पठाइने श्री एयरलाइन्सले जनाएको छ । आकस्मिक अवतरण गरिएको जहाजमा चार जना चालक दलसहित ७४ जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्