Ad imageAd image

राष्ट्रपति चुनावमा मतदान गरेर निस्किँदै गर्दा लडेर घाइते

खबर खुराक
खबर खुराक २५ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

२५ फागुन काठमाडौं । राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा लडेर प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरको भवनमा मतदान गरेर निस्कने क्रममा उनी सिँढीमा लडेर घाइते भएका हुन् ।

उनको टाउकोमा चोट लागेको छ ।

उनलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ । ७१ वर्षका उनी मधेश प्रदेश सभाको सबैभन्दा जेठो सदस्य पनि हुन् ।

- Advertisement -
Ad image

उनी सप्तरी ४ को प्रदेश सभा १ बाट नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्

प्रतिक्रिया दिनुहोस्