Ad imageAd image

कालीगण्डकी गाउँपालिकामा महिलालाई उद्घोषण तथा क्षमता विकास तालिम

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा २५ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

स्याङ्जा, २५ फागुन । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले महिलाहरूलाई उद्घोषण तथा क्षमता विकास सम्बन्धी दुइ दिने तालिम दिएको छ ।

११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिला जनप्रतिनिधि र वडा तहमा गठन भएका महिला संजालका पदाधिकारीलाई तालिम दिइएको हो ।

महिला आफैं नबोल्दासम्म अधिकार प्राप्त गर्न नसक्ने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । संविधानमा उल्लेख भएका अधिकार प्राप्त गर्नका लागि पनि महिला सचेत भएर खबरदारी गर्नुपर्ने उहाँले बताउनुभयो । यहाँका महिलाको क्षमता अभिवृद्धि र नेतृत्व विकास गर्नका लागि गाउँपालिकाले उनीहरूका माग र आवश्यकता अनुसार कार्यक्रम संचालन गरिरहेको थापाले बताउनुभयो ।

यहाँका महिलालाई नेतृत्व तहमा पुर्‍याउने गरी गाउँपालिकाले रचनात्मक काम गर्दै आएको उपाध्यक्ष सावित्रा कोइरालाले बताउनुभयो । उनीहरूलाई आर्थिकोपार्जनमा जोड्न विभिन्न सीपमूलक तालिम पनि दिंदै आएको छ । एक जुट भएर अधिकारका लागि अघि बढ्न कोइरालाले सुझाव दिनुभयो ।

गाउँपालिकाले महिला, दलित, जनजाति, युवा, लगायत विभिन्न लक्षित समुदाय र वर्गको हितमा काम गर्दै आएको प्रमुख प्रशासकीय देवेन्द्र पाण्डेले बताउनुभयो । महिला आफ्नो अधिकारबारे सचेत हुन जरुरी छ । उनीहरूका हरेक सकारात्मक गतिविधिमा गाउँपालिकाले आर्थिक तथा भौतिक सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

महिलालाई नेतृत्वदायी भूमिका रहेर काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा तालिममा सहभागीले जोड दिएका थिए ।

- Advertisement -
Ad image

तालिममा सबै वडाका गरी ३० जनाभन्दा बढी महिलाको सहभागीता रहेको थियोे । बिर्घामा रहेको गाउँपालिकाको सभाहलमा भएको तालिममा पत्रकार मिलन विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्