Ad imageAd image

नवनिर्वाचित राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता

खबर खुराक
खबर खुराक २६ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

२६ फागुन काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । पौडेलको निजी निवास बोहोराटारमा भेटवार्ता भएको हो ।

भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औं सम्मेलनमा भाग लिन आफू बहराइन जान लागेको जानकारी पनि पौडेललाई गराएका थिए । सोही कारण आफू नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्ने जानकारी पनि सभामुखले गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्