Ad imageAd image

बालुवाटारमा माओवादीधारका दलहरूको बैठक

खबर खुराक
खबर खुराक २६ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

२६ फागुन काठमाडौं । माओवादी धाराका राजनीतिक दलहरूबीचको बेठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्रीमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादीधारका पार्टीहरू निरन्तर छलफलमा छन् ।

केही दिन पहिले पनि उनीहरूले बालुवाटारमै छलफल गरेका थिए। उक्त बैठकमा उनीहरूले मिलेर प्रतिवाद गर्ने निर्णय लिएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव,  कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी छन् ।

यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ। बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने हुँदै आजका लागि सारिएको छ। उक्त रिटमा सम्भवतः आज पहिलो सुनुवाइ हुनेछ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्