Ad imageAd image

राष्ट्रपति निर्वाचनमा नेम्वाङको १६ हजार ५०० रुपैयाँ खर्च

खबर खुराक
खबर खुराक २६ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

२६ फागुन काठमाडौँ । राष्ट्रपति पदका नेकपा एमाले उम्मेदवार सुवास नेम्वाङले आफ्नो खर्च विवरण बुझाएका छन् ।

शुक्रबार निर्वाचन आयोगमा बुझाएको उनको  विवरण अनुसार नेम्वाङले राष्ट्रपति निर्वाचनमा १६ हजार ५०० रुपैयाँ खर्च गरेका छन् ।

जसमध्ये प्रचार प्रसार, छापा एवं विद्युतीय शीर्षकअन्तर्गत मतदाताहरुलाई एसएमएस पठाउँदा १० हजार रुपैयाँ र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको नेम्वाङले उल्लेख गरेका छन् ।

नेम्वाङका तर्फबाट उनका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई खर्च विवरण बुझाएका हुन् ।

- Advertisement -
Ad image

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा कांग्रेससहित दलका उम्मेदवार रामचन्द्र पौडेलसँग नेम्वाङ पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्