Ad imageAd image

सुजुकी ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक

खबर खुराक
खबर खुराक २६ फाल्गुन २०७९, शुक्रबार
2 Min Read
Aa

२६ फागुन काठमाडौँ । प्रसिद्ध सुजुकी मोटर्सका नयाँ दुई मोडल ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक भएको छ । नेपालका लागि सुजुकी व्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले शुक्रबार दुई नयाँ मोडल सार्वजनिक गरेको हो ।

‘द ग्राण्ड भिटारा’ सुजुकीको बहुप्रतिष्ठित मोडेल हो भने यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै सर्टिफाइड फुटुजम डिजाइनको प्रयोग गरिएको छ । जसले अरु भन्दा फरक मात्र होइन बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको कम्पनीको दाबी छ ।

सुजुकीको लेजेण्डरी अल–ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउने कम्पनीको भनाइ छ । साथै यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु समेत समाहित गरिएको कम्पनीले जनाएको छ ।

ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाइब्रिड प्रविधियुक्त इन्जिनको प्रयोग गरिएको छ ।

- Advertisement -
Ad image

त्यसो त पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको कम्पनीको भनाइ छ ।

Suzuki 1

नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन्।

निकै प्रतिस्पर्धी एसयूभी सेग्मेंटमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ।

‘पछिलो समयनेपाली बजारमा एसयूभीको माग उच्च छ । यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ आयाम हुनु हो । जसको लागि एसयूभी उचित हुन्छ’ सिजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘ग्राहकवर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन। सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा यो सेग्मेन्टमा गेम चेन्जर हुनेछ’ उनले भने ।

१.५ भिभिटी हाइब्रिड इन्जिनमा उपलब्ध ग्राण्ड भिटारा र ब्रेजाको मूल्य सेग्मेनट र अप्सन अनुसार ५० लाख ९९ हजार रुपैयाँदेखि ८८ लाख २९ हजार रुपैयाँसम्म तोकिएको छ । यद्यपि, प्रिबुकिङ अफरमा ६ लाख रुपैयाँसम्म नगद छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्