Ad imageAd image

मौसम बदली, चट्याङ्गसहित पानी पर्ने सम्भावना

खबर खुराक
खबर खुराक २७ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं, मौसममा आज पनि आंशिक बदली भएको छ । आज देशका केही भागमा चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र  गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ गर्जन/चट्याङ्गसहित क्षणिक हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

आइतबार पनि देशका पहाडी भू-भागका एक/दुई स्थानमा  मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना रहेको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्