Ad imageAd image

अध्यक्ष शेर्पालाई बर्खास्तिको माग गर्दै नेविसंघको केन्द्रीय कार्यालयमा ताला

खबर खुराक
खबर खुराक २८ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

२८ फागुन काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा ताला लागेको छ । नविसंघको जिल्ला सभापति मनोनय र स्ववियु निर्वाचनको टिकट वितरणमा अध्यक्ष दुर्जाङ शेर्पाले मनोमानी गरेको भन्दै नेविसंघका नेता अनशुल केसीले कार्यालयमा ताला लगाएका हुन् । अनशुल केसीको नेतृत्वको जोनिस सिलवाल, प्रशान्त खड्का, राजेश बलामी, जीवन खनाल लगायतको टोलीले ताला लगाएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यासमितिबाट नेविसंघका जिल्ला सभापतिका लागि सिफारिस भएका केसीलाई बन्छाएर अध्यक्ष शेर्पाले शनिबार मनिस ढंगोललाई जिम्मेवारी दिएका थिए । अध्यक्ष दुजाङ्ग शेर्पाको राणा शासन शैली र मनोमानीले संगठन क्षत विच्छेद भएको केसीको आरोप छ । एक जना व्यक्तिमा सत्ता केन्द्रित गर्ने कुरा कदापी नैतिक र लोकतान्त्रीक नहुने उनको भनाइ छ  ।

जिल्ला जिल्लामा गरेको अराजक गुट‌को खेती दुजाङ्ग शेर्पाको कुकृत्य स्ववियु निर्वाचनको टिकट वितरणसम्म सुधार नहुनु निकै निरासावादी र लज्जास्पद हो । हामीले निरन्तर खबरदारी गरेको लामो समय हुदै गर्दा पनि कुनै आचरण र व्यवहारमा सुधार नआउनु खेदपूर्ण रहेको छ, केसीको विज्ञप्तिमा उल्लेख छ ।

शेर्पालाई असक्षम र धुर्तको आरोप लगाउँदै उनले  अध्यक्ष पदबाट बर्खास्त गरी नेविसंघलाई चलायमान बनाउन उनको माग छ । अध्यक्षबाट शेर्पालाई हटाएर तत्काल अधिवेशन आयोजक कार्यसमिति ल्याउन माग गर्दै त्यसको सम्बोधन नभए संगठनले ठूलो क्षती व्यहोर्नुपर्ने चेतावनी केसीले चेतावनी दिए ।

- Advertisement -
Ad image

333345335_540878037912060_3485625854748004678_n (1)

प्रतिक्रिया दिनुहोस्