Ad imageAd image

फोल्डेबल स्मार्टफोन ल्याउँदै रियलमी

खबर खुराक
खबर खुराक २८ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

२८ फागुन  काठमाडौं । फोल्डेबल फोनको दौडमा चिनियाँ कम्पनी रियलमी पनि मिसिने भएको छ । रियलमीका उपाध्यक्ष माधव शेठले हालै एक ट्वीट गर्दै यसबारे संकेत गरेका छन् ।

ट्वीटमा ”तपाईं अर्को के चाहनुहुन्छ… रियलमी फ्लिप वा रियलमी फोल्ड” भन्दै उनले प्रयोगकर्ताबाट प्रतिक्रिया मागेका छन् । शेठले अन्य विवरण नखुलाए पनि कम्पनी फोल्डेबल फोन ल्याउन अग्रसर भएको बुझ्न सकिन्छ ।

यसअघि पनि कम्पनीको फोल्डेबल फोनको स्केच बाहिरिएको थियो । तर कम्पनीले थप जानकारी भने दिएको थिएन ।

अब भने सन् २०२३ भित्र रियलमीकाे फोल्ड वा फ्लिप वा दुवै डिजाइनका फोन उपलब्ध हुनसक्ने अनुमान गरिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्