Ad imageAd image

सुनको मूल्य एकैदिन तोलामा १७ सय रुपैयाँले बढ्यो

खबर खुराक
खबर खुराक २८ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

२८ फागुन काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन यसघि तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन तेजाबी सुन तोलाको एक लाख तीन हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्