Ad imageAd image

कोशी प्रदेशको नामकरणमा विरोध जनाउँदै झापामा राजमार्ग अबरुद्ध

खबर खुराक
खबर खुराक २८ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

२८ फागुन झापा । प्रदेश १ को नाममा कोशी राखिएको प्रति विरोध जनाउँदै केही राजनीतिक दल र ३३ जातीय संगठनले झापामा राजमार्ग अबरुद्ध पारेका छन् ।

पहिचानसहितको लिम्बुवान किरात नाम राख्नु पर्ने माग लामो समयदेखि गरिरहेको भएपनि वेवास्ता भएपछि आन्दोलनमा उत्रिनु परेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय उपमहासचिव धनराज सुब्बाले बताए ।

उनका अनुसार जनता समाजवादी पार्टी, आदिवासी जनजाति महासंघसहितका घटकहरुको संयुक्त निर्णय अनुसार आइतबार झापामा यातायात बन्द गराइएको हो । ‘प्रदेश र केन्द्रीय सरकारले हाम्रो मागको सुनुवाइ नगरे थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्छौं’, उनले भने, ‘आज साँझ ५ बजेसम्म हड्ताल कायम रहन्छ ।’

जिल्ला प्रहरी कार्यालय, झापाले भने बन्द गराउँदै हिँड्ने २२ जनालाई पक्राउ गरिएको बताएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्