Ad imageAd image

अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीलाई पुरस्कार वितरण

खबर खुराक
खबर खुराक २८ फाल्गुन २०७९, आईतवार
3 Min Read
Aa

२८ फागुन भैरहवा । ओमसतिया गाउपालिकामा अतिरिक्त क्रियाकलापमा पहिलो, दोश्रो एवम तेस्रो स्थान ल्याउने विद्यार्थीहरुलाइ आइतबार गाउपालिकाले पुरस्कार बितरण गरेको छ । पालिका भित्रका बिध्यालयहरुमा विद्यार्थी एवम शिक्षकहरुमा अतिरीक्त क्रियाकलापको आयोजना गरिएको थियो ।

शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलले दिएको जानकारी अनुसार प्राथमिक विद्यार्थी तर्फ तर्फ श्रुति लेखन प्रतियोगितामा ठुठिपिपल माबिका कृष्ण महतो प्रथम, जनता आधारभूत बिध्यालयका विनय पाल दोश्रो एवम पटखौली माबिका शिवानी कुमारी चौधरीले तेश्रो स्थान हासिल गरिएका थिए । चित्रकला प्रतियोगितामा बसन्तपुर दशरथ माध्यमिक बिध्यालयका आशिष यादव पहिलो, रोहिणी बिध्याश्रमकि बिन्द्रावती गुप्ता दोश्रो, जनता आधारभूत बिध्यालयकि सृष्टि थापा तेश्रो भइन ।

निमाबि तर्फ भएको हिज्जे प्रतियोगितामा ठुठिपिपल माबिका निशान पासी, सरीता चाइ र सौरभ बनियाको समूह प्रथम, बसन्तपुर दशरथ जनता माबिका युवराज नाउ र नजबुन निसाको समूह दोश्रो तथा ठूलो बालापुर मदरसाका इसाद अलि र खुस्बु मन्सुरीको समूह तेश्रो भएको थियो । यस्तै हाजिरीजवाफ प्रतियोगितामा कोटही आधारभूत बिध्यालयका सुस्मिता यादव, मधु सोमै र हसिना खातुनको समूह प्रथम, ठुठिपिपल माबिका पूजा चाइ, दिलिप महतो, एलिसा थारुको समूह द्वितीय एवम जनजागृती माबिका विद्यार्थीहरु सरगम बिक, राजु चाइ, राजु चौहानको समूह तृतीय भएका थिए ।

माबि स्तरिय बादबिवाद प्रतियोगितामा ठुठिपिपल माबिका सागर ज्ञवाली पहिलो, ठुठिपिपल माबिकै बबिता श्रेष्ठ दोश्रो तथा पटखौली माबिका असलम हुसेन तेस्रो भएका थिए । यस्तै आधारभूत बिध्यालयका शिक्षकहरु बिच गराइएको हाजिरीजवाफ प्रतियोगितामा जनता आधारभूत बिध्यालयका निरा कुमारी चौधरी, इन्दिरा गैरे र राजेन्द्र प्रसाद ज्ञवाली शिक्षक समूह पहिलो, कोटही आधरभूत बिध्यालयका सुनिता राना, सुखराम बरै र बिन्दु भट्टराईको समूह दोश्रो तथा ठुठिपिपल माबिका आशा खनाल, शृजना पन्थी र भिम बहादुर पुनको समूह तेश्रो भएको शिक्षा शाखा प्रमुख पोखरेलले बताउनु भयो ।

- Advertisement -
Ad image

ओमसतिया गाउपालिका अध्यक्ष मन्जित कुमार यादव ( सोनु) को अध्यक्षता, उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत बिपिन क्षेत्री, प्रवक्ता एवम वडा नम्बर ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेल, वडा नम्बर ४ का वडाध्यक्ष अखिलेश्वर पाण्डे, वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश सिंह चौधरी, कार्यपालिका सदस्य गुन्जा चौधरीले बोल्दै विद्यार्थीहरुको मनोबल उच्च बनाउन अध्ययन को साथै अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताए । विद्यार्थीहरुको मनोबल उच्च बनाउन पालिकाले अध्ययनको साथै यस्ता अतिरिक्त क्रियाकलापमा जोड दिने वक्ताहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्