डिजिटल वालेट कम्पनी खल्तीले महिला लघुवित्त वित्तीय संस्थासँग सम्झौता गरेको छ । यो साझेदारीसँगै अब ग्राहकले लघुवित्तको शाखा कार्यालयमा नगइ ऋण तिर्नसक्ने र खल्तीका अन्य डिजिटल सेवाहरू पनि प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार महिला लघुवित्तको किस्ता भुक्तानी खल्तीबाट यसरी तिर्न सकिन्छः
१) खल्ती होम स्क्रिनमा EMI सेक्सनमा जानुहोस्
२) महिला लघुवित्त छनौट गर्नुहोस्
३) आवश्यक विवरण भर्नुहोस्
४) ‘प्रोसिड टु पे’मा ट्याप गर्नुहोस् र भुक्तानी पूरा गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्