Ad imageAd image

पीएनजीविरुद्ध टस जितेर नेपाल फिल्डिङमा

खबर खुराक
खबर खुराक २९ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

२९ फागुन काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपाली टिमका कप्तान रोहित पौडेलले पीएनजीलाई ब्याटिङको निम्तो दिएका हुन्।

घरेलु मैदानमा लिग २ को अन्तिम शृंखला खेलिरहेको नेपाल आजको खेलमा जित निकाल्दै शीर्ष तीनमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ। नेपालले आज र बिहीबार हुने यूएईविरुद्धको खेलमा जित निकाले शीर्ष तीनमा रहँदै अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ।

आइतबार यूएईलाई एक सय ७७ रनले पराजित गर्दै नेपालले एकदिवसीयमा मान्यता आगामी चार वर्षका लागि जोगाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्