Ad imageAd image

अस्कलमा फौजदारी अभियोग लागेका व्यक्ति उम्मेदवार भएको भन्दै ताला

खबर खुराक
खबर खुराक २९ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

२९ फागुन काठमाडौं । स्ववियु चुनावमा फौजदारी अभियोग लागेको व्यक्ति उम्मेदवार बनेको भन्दै लैनचौरस्थित अमृत क्याम्पस (अस्कल) मा विभिन्न विद्यार्थी संगठनले ताला लगाएका छन् ।

अखिल क्रान्तिकारी, अनेरास्ववियू, नेकपा बहुमतको अनेरास्ववियु क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले फौजदारी अभियोग लागेकाहरुको उम्मेदवारी खारेज नभएसम्म ताला नखोल्ने अडान लिएका छन् ।

उनीहरुले अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार कमलराज जोशी, प्रत्यक्षतर्फ सदस्यका उम्मेदवार गोपालबहादुर शाही, समानुपातिक तर्फका सदस्यका उम्मेदवार पंकज पाण्डे, दिनेश सिग्देलविरुद्ध फौजदारी अभियोग रहेको बताएका छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्