Ad imageAd image

कुमारी बैंकको संस्थापक शेयरमा आवेदन दिने समय थप

खबर खुराक
खबर खुराक २९ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

२९ फागुन काठमाडौं । कुमारी बैंकको संस्थापक शेयरमा आवेदन दिने समय चैत ६ गतेसम्म थप गरेको छ । बैंकले फागुन १६ गतेदेखि २ लाख ९६ हजार कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको हो ।

यसमा न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस लिलामी शेयरमा अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्