Ad imageAd image

केपी–माधव शीतल निवासमा खुसामत !

खबर खुराक
खबर खुराक २९ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

२९ फागुन काठमाडौँ । सोमबार शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको विदाई कार्यक्रम थियो । उक्त कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु सहभागी भएका थिए ।

कार्यक्रममा सहभागीमको अन्तितिर दुई पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच केही कुराकानी ‘खुसामत’ भयो, चल्यो । पछिल्ला दिनमा ओली र नेपालबीच खासै राम्रो सम्बन्ध छैन । यहीँ सम्बन्धका कारण ओली नेपालबीच हुने भेटघाट र खासखुसलाई चासोका साथ हेर्ने गरिएको छ ।

एमाले अध्यक्ष केपी ओलीले नेता नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गर्दा समेत अस्वीकार गरेका थिए । तर, सोमबार शीतल निवासमा दुई नेताबीच खुसामत गरेको तस्बिर सार्वजनिक भएपछि के कुरा भयो होला ? धेरैले चासो प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्