Ad imageAd image

प्रहरिले स्ववियू निर्वाचनलाई अवरोध हुनेगरि लगाइएको चितवन क्याम्पसको ताला तोड्यो

खबर खुराक
खबर खुराक ३० फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

३० फागुन चितवन । प्रहरिले स्ववियू निर्वाचनलाई अवरोध हुनेगरि लगाइएको चितवन क्याम्पसको ताला तोडेको छ । जिल्ला प्रशासन कार्यालयले चितवनका क्याम्पसहरूमा लगाइएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्ट मंगलबार बिहान प्रहरीले ताला तोड्न सुरु गरेको हो

चितवन प्रहरीका  डीएसपी तथा प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार मंगलबार बिहानसम्म विभिन्न ११ वटा क्याम्पसमा लगाएको ताला तोडिएको छ ।

जसअनुसार भरतपुरका सप्तगण्डकी, वीरेन्द्र क्याम्पसलगायतका  छन् । चितवनका अन्य क्याम्पसहरूको पनि ताला तोडेर स्ववियु निर्वाचनलाई सहज बनाउने कार्य गरिएको पण्डितले जानकारी दिए ।

चितवन जिल्ला प्रशासनले चितवनका सम्पूर्ण क्याम्पसमा तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न क्याम्पस प्रशासनहरूलाई समेत ताला तोडेर निर्वाचन प्रक्रिया सहज बनाउन अनुरोध गरेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्