३० फागुन काठमाडौं। आज मंगलबार सुनको मुल्य तोलामा १६०० रुपैयाले बढेको छ, सोमबार प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने छापावाला सुनको मूल्य आज थप १६ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले बढ्दै एक हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्