३० फागुन काठमाडौं ।माओवादि घटकहरुकले आज गर्ने भनिएको अन्तर्क्रिया स्थगित गरिएको छ, आजका लागि तय भएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको जानकारी प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारि दिएको छ ।
कार्यक्रम स्थगित हुनुको कारण भने खुलाइएको छैन ।
द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरुको २६ फागुनमा बसेको बैठकले शान्ति प्रक्रियाका पक्षधर लगायतसँग ३० फागुनमा अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले द्वन्द्वकालीन मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्ने बताइएको छ । १ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले सर्वोच्चमा रिट दायर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्