Ad imageAd image

अभिनेत्रि रेखा थापा र पुजा शर्मा अगामी एक फिल्ममा सहकार्य गर्ने,निर्देशकमा देउजा

खबर खुराक
खबर खुराक ३० फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

३० फागुन काठमाडौं । अगामि फिल्ममा रेखा र पुजा सहकार्य गर्ने खबर केहि समय अगाडि नै बाहिरिएको छ। त्यतिबेला रेखाले उक्त खबरलाई अस्वीकार गरेकी थिइन् ।

तर यतिबेला यी दुवै अभिनेत्रीले आगामी फिल्ममा सहकार्य गर्न लागेको खबरबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । आफ्नो फिल्म निर्माण कम्पनी रेखा फिल्म्सले उक्त फिल्म बनाउने रेखाले फेसबुकमा उल्लेख गरेकी छन् ।

‘रेखा फिल्म्सको आगामी फिल्म चाँडै आउँदैछ,’ उनले लेखेकी छन् । झिंगेदाउ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने यो फिल्मको शीर्षमध्येको भूमिकामा पूजा अनुबन्धित भएकी हुन् । सोमबार पूजा र रेखाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

अनुबन्धित भएपछि पूजाले रेखाको अभिनयबाट प्रभावित भएर आफू पनि सोही क्षेत्रमा लागेको उल्लेख गर्दै सहकार्यबाट थप कुरा सिक्ने अपेक्षा गरेको जनाएकी छन् । निर्देशक देउजाको निर्देशनबाट समेत आफू प्रभावित भएको पूजाले उल्लेख गरेकी छन् ।

- Advertisement -
Ad image

नामाकरण नगरिएको यो फिल्म आगामी वैशाखदेखि छायांकनमा जाने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्