Ad imageAd image

केपि ओलि : ‘सत्ताधारी गठबन्धनले एउटा वडा अध्यक्ष जित्नका लागि मान्छे मार्छ’

खबर खुराक
खबर खुराक ३० फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

३० फागुन काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्छन ‘सत्ताधारी गठबन्धनले एउटा वडा अध्यक्ष जित्नका लागि मान्छे मार्छ’ मंगलबार राष्ट्रिय मानव अधिकार तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले मानव अधिकारविरोधीको हातमा शासन भएको बेला के हुन्छ भन्दै प्रश्न गरेका हुन्।

‘गत निर्वाचनमा बुथ कब्जा गर्नु हुँदैन भन्दा घरमा गएर, घरबाट बाहिर निकालेर, घोचेर निर्ममतापूर्वक होनहार युवा, विद्यार्थी नेतालाई उनीहरुले मारे। किन भने उनीहरुलाई वडा जित्नु थियो। देश बनाउने युवाको जिन्दगी खोसिएको छ।’उनले थपे,‘त्यस्ताका हातमा शासन भएको बेला के हुन्छ ? भन्दा कडा सुनिन्छ भएको त्यहि हो।’

मंसिर ४ गते बाजुराको त्रिवेणी नगरपालिकाको एउटा बुथ कब्जा गर्न अवरोध गरेको रिस साँधेर बसेका तत्कालीन सत्तागठबन्धनका कार्यकर्ताले त्यो घटनामा सहभागी एमाले कार्यकर्तालाई घरघरमा पुगेर आक्रमण गरेका थिए। उक्त दिन  एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य, चेतन ऐडी कुटपिटमा परे। कुटपिटबाट गम्भीर घाइते भएका उनको अछामस्थित बयलपाटा अस्पताल पुर्‍याएपछि उपचारका क्रममा मृत्यु भएको थियो।

ओलीले असारमा १५ वर्षीय बालकलाई मारिएको बताए। ओलीले उनीहरु मानवअधिकार विरोधि नभए को हुन्छ भन्दै प्रश्नसमेत गरे। ओलीले मानव अधिकारको पक्षमा एमाले सधैं उभिने बताए। उनले चाहेर पनि नचाहेर पनि अरुकोभन्दा एमालेसँग मानव अधिकारको विषयमा अधिकारकर्मीको विचार मिल्ने धारणा राखे।

- Advertisement -
Ad image

ओलीले मानव अधिकार आयोगलाई घेराबन्दी गरेर धम्की दिइने गरेकोप्रति पनि आपत्ति जनाए।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन परराष्ट्रमन्त्री डा. बिमला राई पौडेललाई संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद् सम्मेलनमा सहभागी हुनबाट रोकेकोप्रति आपत्ति जनाए। संयुक्त राष्ट्रसंघअन्तर्गत रहेको मानवअधिकार परिषद्को ५२ औं सम्मेलनमा सहभागी हुन मन्त्री आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जान लागेकी थिइन्। प्रधानमन्त्री प्रचण्डले प्रस्थान नगर्न भनेपछि मन्त्री पौडेलले भ्रमण स्थगित भएको थियो। ओलीले मानव अधिकारको विषयमा बोल्लान भन्ने डरले मन्त्रीलाई जान रोकेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्