Ad imageAd image

नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या ६

खबर खुराक
खबर खुराक ३० फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

३० फागुन काठमाडौं । कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङख्या ६ पुगेको छ। यसका साथै अरु थप विरामि गिद्धलाइ उपचारका क्रममा जटायु रेष्टुराँमा राखिएको छ। मर्ने र उपचारका लागि लगिएका सबै गिद्धहरु लोपन्मुख डङ्गर  प्रजातिका हुन।

गिद्ध मरेको खबर पाएलगत्तै घटनास्थलमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषका चरा विशेषज्ञ चिकित्सक डा विकल्प कार्कीको नेतृत्वमा प्राविधिकको टोली पुगेर बिरामी गिद्धको प्राथमिक उपचार गरेको थियो ।

प्राथमिक उपचारपछि बिरामी गिद्धलाई जटायु रेष्टुराँमा ल्याएर थप उपचार गरिएको र गिद्धको स्वास्थ्यमा उल्लेखीय सुधार आएको डाक्टर कार्कीले बताए । मरेका गिद्धको पोस्टर्माटम गर्दा पेटमा स्यालको सिनो भेटिएको थियो । विषाक्त खाना खाएर मरेको स्यालको सिनो खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुसन्धानले देखाएको डा. कार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्