Ad imageAd image

ओलि भन्छन मृत्यूदण्ड दिने कानुनको पक्षमा जान हुदैन

खबर खुराक
खबर खुराक ३० फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

३० फागुन काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपि ओलि भन्छन कहिलेकाहि केहि जनता हरु आवेशमा आएर मृत्युदण्ड सजायको माग गरेको पाइएको छ जुन व्यवस्था गर्नुहुदैन । मंगलबार राष्ट्रिय मानव अधिकार तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले नेपालीहरू मृत्युदण्डको पक्षमा जान नहुने धारणा राखेका हुन्।

‘कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान हुँदैन। मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । नेपाली नागरिकहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जानु हुँदैन। मृत्युदण्ड/ फाँसी दिँदा मान्छे ३ मिनेटमा हुन्छ।’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘मान्छेलाई दण्ड गर्नुपर्छ तर मानिसको जीवनहरण गर्नुहुँदैन। कहिलेकाहिँ देखेका कुरा पनि सत्य हुँदैन।’

ओलीले अपराध गर्नेलाई दण्ड दिएपछि मृत्युदण्डलाई सच्याउने कुनै ठाउँ नभएको स्थायीरुपमा नेपालीहरु मृत्युदण्डको पक्षमा जान नहुने आफ्नो ढृढ रहेको स्पष्ट पारे। कहिलेकाहिँ संविधानमा मृत्युदण्ड हुनुपर्‍यो भनेर आवेशमा कसैले माग राखेको भएपनि त्यसलाई व्यवस्था गर्न नहुने ओलीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्