Ad imageAd image

टुट्यो बर्षा सिवाकोटीको विवाह, भन्छिन -एकएर्कालाई बुझ्‍नसकिएन

खबर खुराक
खबर खुराक ३० फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

३० फागुन काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको छ ।

गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो । विवाहलगत्तै वर्षा अमेरिका पुगेकी थिइन् । नेपाल फर्किएलगत्तै सामाजिक सञ्जालमा एकले अर्कोलाई अनफलो गरेपछि यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो ।

छिटो विवाह गर्दा एकले अर्कोलाई बुझ्न नसकेको र असमझदारी भएको वर्षाले बताइन् । ‘परिवारको तर्फबाट मागेर छिटो विवाह गरियो । एकअर्कालाई बुझ्न सकिएन । असमझदारी भयो,’ उनले भनिन्, ‘दुई महिनाअघि हामी कानुनी रुपमा अलग भयौं ।’

आशिषले सोमबार झापाकी समीक्षा विमली नामकी एक युवतीसँग विवाह गरेका छन् । उनको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्