३० फागुन काठमाडौं । सेयर बजारमा मंगलबार सानो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.८५ अंकले बढेको हो ।
यस दिन नेप्से परिसूचक झिनो अंकले बढेर १९५३.०६ विन्दुमा पुगेको छ । कारोबार खुलेको केही समयमा बजार घटेर १९४० विन्दुसम्म झरेको थियो । बजार खुलेपछि बियरिस ट्रेन्ड देखाएको सेयर बजारले बन्द हुने बेला सामान्य सुधार देखिएको हो ।
मंगलबारको कारोबारका आधारमा युनिक नेपाल लघुवित्त, शुभम पावर, सुपर म्यादी हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।
एनआईसी एशिया ब्यालेन्स फन्ड, सर्पोट माइक्रोफाइनान्स, कृषि विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्