Ad imageAd image

प्रधानमन्त्री प्रचण्ड र प्रदेश प्रमुखबीच भेटवार्ता

खबर खुराक
खबर खुराक १ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

१ चैत काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रदेश प्रमुखहरुले भेटवार्ता गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार बिहान प्रचण्डलाई भेट्न  प्रदेश प्रमुख पुगेका हुन्।

भेटमा उनीहरुले प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याका समाधान गर्न प्रयत्न गर्ने आश्वासन दिएका छन्।

नेपालको संविधानमा प्रत्येक प्रदेशमा संघीय सरकारको प्रतिनिधिको रुपमा एक जना प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्