Ad imageAd image

टर्कीका भूकम्पपीडितका लागि सहयोग हस्तान्तरण

खबर खुराक
खबर खुराक १ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

१ चैत काठमाडौँ । टर्कीमा गत महिना गएको विनाशकारी भूकम्पका कारण पीडित नेपाली समुदायलाई सहयोगका लागि संकलित रकम गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीलाई हस्तान्तरण गरिएको छ । एनआरएनए मिडिया तथा पब्लिकेसन टास्क फोर्सकी उपसंयोजक बाबा राजेश्वरी थापाको अगुवाईमा संकलन गरिएको ४ हजार १ सय १९ युरो (५ लाख ८२ हजार) एनआरएनए टर्कीका अध्यक्ष उज्जलकुमार घिसिङलाई हस्तान्तरण गरिएको हो ।

थापाको सक्रियतामा ११३ औं श्रमिक महिला दिवसको अवसरमा गैर आवासीय नेपाली संघ, महिला विभागले गरेको एक भर्चुअल कार्यक्रमका अवसरमा रकम हस्तान्तरण गरिएको हो ।

फेब्रुअरी ६ टर्की र सिरियामा गएको विनासकारी भूकम्पका कारण ५० हजार जनाभन्दा बढीको मृत्यु भएको थियो । भूकम्पका कारण टर्कीमा ४५ हजार ९ सयभन्दा बढी र सिरियामा ७ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका हुन् । नेपाली श्रमिकका लागि गन्तव्य मुलुक टर्कीमा हाल करिब २ हजार नेपाली छन् । भूकम्प प्रभावित क्षेत्र गाजियान्टेपमा नेपाली विद्यार्थी, घरेलु कामदार र होटेलमा काम गर्नेहरु भए पनि उनीहरु सबै सुरक्षित रहेका थिए । तर भूकम्पपछि उनीहरूमध्ये कतिपय समस्यामा परेपछि एनआरएनए टर्कीले आवश्यक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्