१ चैत काठमाडौं । नेप्से परिसूचक बुधबार फेरि ओरालो लागेको छ। अघिल्लो सेयर कारोबार दिन मंगलबार सामान्य अंकले बढेको नेप्से परिसूचक आज १४.४४ अंकले घटेर १९३८ विन्दुमा पुगेको छ। मंगलबार नेप्से १. ८५ अंकले बढेर १९५३. ०६ विन्दुमा कायम भएको थियो।
सेन्सेटिभ इण्डेक्स ३.०३ अंकले घटेर ३६५.२९ विन्दुमा अडिएको छ। यसदिन ५१ कम्पनीको मूल्य बढ्दा १४९को घट्यो भने १४ को स्थिर रह्यो।
कारोबारमा आएका २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर १ अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँमा खरिदबिक्री भयो।
दोहोरो अंकले घटेको सेयर बजारमा २ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढ्यो। युनिक नेपाल लघुवित्त वित्तीय र शुभम् पावरको मूल्य ९.९९ प्रतिशतले बढेको हो।
कृषि लघुवित्त वित्तीय र बराही हाइड्रोपावरको मूल्य ५ प्रतिशत बढिले ओरालो लाग्यो। यसदिन कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको १० करोड ३५ लाख २२ हजार ३३ रुपैयाँको सेयर कारोबार भयो।
यसैगरी ७ करोड मूल्यको सेयर कारोबार गरी सानिमा माइ हाइड्रो पावर दोस्रोमा र ४ करोड मूल्य बढिको कारोबार गरी नविल बैंक तेस्रो स्थानमा रहयो।
कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य घट्यो भने १ को मात्रै बढ्यो। ट्रेडिङ उपसमूहको सूचक ०.५१ प्रतिशतले बढेको हो।
प्रतिक्रिया दिनुहोस्