Ad imageAd image

के सलमानले जिवनसाथिको रुपमा चाहेका थिए जुहि ?

खबर खुराक
खबर खुराक १ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

१ चैत काठमाडौं । बलिउड अभिनेता सलमान खानले अहिलेसम्म विवाह गरेका छैनन् । ५७ वर्षीय सलमान अझै पनि जीवनसाथीको खोजीमा छन् ।

सलमान खानले आफ्नो जीवनमा धेरै अभिनेत्रीहरूसँग डेट गरेका छन् तर कुनै पनिसँग उनको सम्बन्ध लामो समय टिक्न सकेन। उनको र ऐश्वर्या रायको सम्बन्धको सबैभन्दा बढी चर्चा भएको थियो ।

सन् १९९० सलमानले जुही चावलासँग बिहे गर्न चाहेका थिए । यसका लागि सलमानले जुहीका पितासँग उनको हात पनि मागेका थिए । तर, जुहीका पिताले सलमानको प्रस्तावलाई मानेनन् ।

सन् १९९५ मा जुहीले व्यापारी जय मेहतासँग विवाह गरिन् । सलमान र जुहीले सन् १९९७ मा फिल्म दिवाना मस्तानामा सँगै काम गरेका थिए ।

- Advertisement -
Ad image

जुहीका पति जय मेहता पहिले नै विवाहित थिए। जब जुहीले जयलाई पहिलो पटक भेटेकी थिइन्, उनकी पहिलो पत्नी सुजाता बिर्लाको विमान दुर्घटनामा मृत्यु भएको थियो ।

जुहीका पति जय मेहता बहुराष्ट्रिय कम्पनी मेहता ग्रुपका मालिक हुन्। उनका दुई वटा सिमेन्ट कम्पनी पनि छन् । शाहरुख खानसँगै उनी आईपीएल टोली कोलकाता नाइट राइडर्सकी सह-मालिक पनि हुन्।

प्रतिक्रिया दिनुहोस्