Ad imageAd image

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मुल्य

खबर खुराक
खबर खुराक ३ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

३ चैत काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर सूची पठाएको छ । हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य सूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।

 सोही सूचीको आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्ने गरेको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । जसअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेर आएको छ ।

पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको रहेका बेला भारतमा घटेर आएको हो । खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।

आयल निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने वा यथावत राख्ने भन्ने निर्णय लिनेछ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्