Ad imageAd image

ममता झा भन्छिन उपराष्‍ट्रपतिमा महिला चयन हुनुपर्छ,

खबर खुराक
खबर खुराक ३ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

३ चैत, काठमाडौं । उपराष्ट्रपति निर्वाचनकी उम्मेदवार ममता झाले महिलाको जित सुनिश्चित भएको दाबी गरेकी छन् । उपराष्ट्रपति निर्वाचनमा भाग लिएपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै झाले संविधानको मर्मलाई बुझेका सांसदहरुले महिलालाई नै मत दिने र जिताउने विश्वास व्यक्त गरिन्।

उपराष्ट्रपति पदमा महिला चुनिनुपर्ने बताउँदै उनले भनिन्, ‘मेरो प्रष्ट भनाइ यो छ, महिला एकता जिन्दावाद । सबै महिला एक हौं । नेपाली महिला एक हौं ।’

उपराष्ट्रपति पदको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादव र जनमत पार्टीकी झा उम्मेदवार छन् । एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

प्रतिक्रिया दिनुहोस्