Ad imageAd image

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो, मतगणना साढे ३ बजेबाट

खबर खुराक
खबर खुराक ३ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

३ चैत काठमाडौं । बिहान १० बजेदेखि भएको उपराष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सकिएको छ।दिउँसो ३ बजेसम्म भएको उपराष्ट्रपति निर्वाचनमामा संघीय संसदको ३३२ मध्ये ३११ मत खसेको निर्वाचन आयोगले जनाएको छ।

राप्रपाका १४, नेमकिपा १, राष्ट्रपति रामचन्द्र पौडेलको १ मत खसेन।

त्यस्तै नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी उपचारमा रहेका कारण उनको मत पनि खसेन। ​

जसपा सांसद  सहनाज रहमानको मृत्यु र नेकपा माओवादीका सांसद वर्षमान पुनः पनि बिरामी भएर उपचारमा छन् भने नेकपा एमालेका लक्ष्मी महतो कोइरी फरार छन्।

- Advertisement -
Ad image

यसैगरी प्रदेश सभा मतदानअन्तर्गत ५५० मध्ये ५१८ मत खसेको छ।

जहाँ राप्रपाका २८ सांसद र नेमकिपाका ३ सांसद र ​जसपा १ एक जनाले भोट हालेनन्।

मतदान सकिएपछि अहिले मतणणनाको तयारी भइरहेको छ। दिउँसो साढे ३ बजेबाट मतगणना गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस्