३ चैत काठमाडौं । नेपाली बजारमा १२ हजारको अनर एक्स फाइभ मोडेलको स्मार्टफोन आएको छ । ६.५ इन्चको टीएफटी एलसीडी डिस्प्ले रहेको फोन एन्ड्रोइड १२ (गो एडिसन) मा चल्छ ।
फोनमा २ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टोरेज दिइएको छ । मिडियाटेक हेलियो जी२५ प्रोसेसरबाट सञ्चालित फोनमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । त्यस्तै ५००० एमएएच क्षमताको ब्याट्री छ ।नेपालमा यो फोनको मूल्य ११ हजार ९९० रुपैयाँमा ताेकिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्