Ad imageAd image

जनउत्थान लघुवित्त तानसेन शाखाका सदस्यलाई अचार बनाउने तालिम

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा ३ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

पाल्पा, ३ चैत । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था तानसेन शाखाको आयोजनामा अचार बनाउने तालिम सम्पन्न भएको छ ।

संस्थामा आवद्ध रहेका ३५ जना सदस्यलाई तालिम दिइएको हो । दुई दिनसम्म चलेको तालिममा चन्द्रलक्ष्मी श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

संस्थामा आवद्ध रहेका सदस्यलाई आर्थिक रुपमा सवल बनाउने उद्देश्यले अचार बनाउने तालिम दिइएको शाखा प्रमुख गंगा नेपालीले बताउनुभयो । यस संस्थाले सदस्यको माग र आवस्यकताको आधारमा विभिन्न सीपमूलक तालिम दिंदै आएको उहाँले बताउनुभयो ।

तानसेन नगरपालिका -४ का वडा सदस्य हरिबहादुर थापाले आफ्ना सदस्यलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने काम राम्रो भएको बताउनुभयो । पछिल्लो समयमा लघुवित्तविरुद्ध केही नकारात्मक टीका टिप्पणी भइरहेका छन् । यस्तो अवस्थामा जनउत्थानले गरेका यस्ता गतिविधिले त्यस्ता भ्रमलाई चिरेको उहाँले बताउनुभयो । सबै लघुवित्तलाई एउटै डालोमा राखेर गलत प्रचार गर्न नहुने थापाले बताउनुभयो ।

- Advertisement -
Ad image

बैंकिङ समुदाय सदस्य हीरा रसाइलीले ॠण काढेर लैजाने पैसालाई व्यावसायमा लगानी गर्न सुझाव दिनुभयो ।

तालिममा सहभागी संगीता दर्नालले तालिम प्रभाकारी भएको र जीवन व्यवहारमा लागु गर्ने बताउनुभयो ।

तालिममा लसुन, टमाटर, अदुवा लगायतको अचार बनाउन सिकाइएको थियो ।

सोही अवसरमा विद्युतीय चुलोको बारेमा पनि जानकारी गराएको शाखा प्रमुख नेपालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्