Ad imageAd image

हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘काउलि’

खबर खुराक
खबर खुराक ५ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

५ चैत काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आचार्यको शब्द, संगीत र स्वर रहेको लोक लयमा आधारित गीतको गायनमा उनलाई लोक गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

चेलीबेटी बेचबिखनविरुद्ध सन्देश दिने गीतको भिडियोमा आचार्यसँगै प्रियंका कार्की, प्रकाश सपुत, बालकृष्ण ओलीलगायतले अभिनय गरेका छन् ।

करिब एक वर्षअघि ओलीसँगको भेटका क्रममा गीतका शब्द फुरेको आचार्यले बताए । ‘एक वर्षअघि म सरोज भाइको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटल तिब्बतमा गएको थिएँ,’ हरिवंश गीत लेख्दाको क्षण सम्झन्छन्, ‘त्यहीबेला एक्कासि काउलीको प्रसंग निस्कियो । मेरो मुखमा त्यसै ए काउली, नचिने मान्छे आँखा झिम्काउली शब्द फुर्‍यो । त्यसपछि गीतले स्वरूप पायो ।’

गीतको भिडियो भने सरोज ओलीले निर्देशन गरेका हुन् । पारिवारिक जमघट, सांस्कृतिक कार्यक्रम तथा भेलाहरूमा रमाइलो गर्न मिल्ने गीतको एरेन्ज श्यामश्वेत रसाइलीले गरेका हुन् ।

- Advertisement -
Ad image

गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको उनी बताउँछन् । ‘बिहे, व्रतबन्धतिर उफ्रीउफ्री नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरू पनि उफ्रीउफ्री नाच्न सक्नुहुनेछ,’ आचार्यले भने । गम्भीर विष्टको कन्सेप्ट तथा कोरियोग्राफीमा तयार भिडियोको सम्पादन भने बनिश शाहले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्