Ad imageAd image

कडा लक्षणको मौसमी ‘फ्लु’

खबर खुराक
खबर खुराक ५ चैत्र २०७९, आईतवार
2 Min Read
Aa

५ चैत काठमाडौँ । जोरपाटीकी २६ वर्षीया सुजाता राईलाई २ साताअघि ज्वरो आउने, घाँटी खसखस हुने, खोकी लाग्ने भयो । उनले घरमै बाफ लिने अनि झोल खानेकुरामा जोड दिइन् ।

१ हप्तामै ठिक भएकी पुनः सोही लक्षण देखिन थालेका छन् । जसमा खोकी झन् बढेको छ । राई भन्छिन्‚ ‘१ हप्तामा निको भएको थियो तर खोकी बढेको छ । यस्तो कडा खालको रुघाखोकी अनुभव गरेको थिइनँ ।लक्षण आउने जाने भइराखेको छ ।’

कोटेश्वरका ३२ वर्षीय राम आचार्यको स-परिवारलाई एक साताअघि फ्लुले सतायो । परिवारका ५ जना सदस्यलाई फरक-फरक खालको लक्षण देखिएको आचार्यले बताए ।‘योपालिको फ्लु कडा देखिएको छ ।निको हुन समय लागिरहेको छ,’ उनले भने ।

गत साता त्रिवि शिक्षण अस्पतालमा एक ३८ वर्षीय पुरुष सास फेर्न गाह्रो भएर अस्पताल भर्ना भए । ४ दिनअघि ज्वरो आउने, रुघाखोकी लाग्ने भएका उनलाई अक्सिजन लेभल घटेपछि अस्पताल ल्याइएको थियो ।जाँच गर्दा निमोनिया भएको पाइयो । अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बम भन्छन्‚ ‘फ्लुले कडा लक्षण गरेको बिरामी देखिरहेका छन् । ती पुरुषमा अरु समस्या नदेखिए पनि धेरै मद्यपान गर्ने देखियो । फ्लुका लक्षणलाई हेल्चक्र्याइँ गर्नुहुँदैन ।’ उनले मौसम परिवर्तनसँगै देखिएको फ्लुको बिरामीहरु बढ्न थालेको बताउँदै मौसम धुम्म भएसँगै वातावरणीय प्रदूषण पनि बढेकाले फ्लुका बिरामी बढ्दै जान सक्ने बताए ।

- Advertisement -
Ad image

मौसम परिवर्तन भएसँगै फ्लु (इन्फ्लुएन्जा) का बिरामी देखिन थालेका छन् । धेरैले यो मौसमी रुघाखोकीको लक्षण कडा देखिएको बताएका छन् । खोकी लाग्ने, घाँटी दुख्ने, घाँटी खसखस हुने, ज्वरो आउने, नाकबाट पानी बग्ने/बन्द हुने, थकाइ, शरीर दुख्नेलगायत विभिन्न लक्षण फ्लुका हुन सक्छन् । फ्लुले सताएको बेला ज्येष्ठ नागरिक तथा बालबालिकामा वान्ता हुने तथा झाडापखाला हुने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्