Ad imageAd image

पाल्पाको दिव्यज्योति माविका विद्यार्थी, शिक्षक र अभिभावकलाई उत्प्रेरणा प्रशिक्षण

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा ५ चैत्र २०७९, आईतवार
2 Min Read
Aa

पाल्पा, ५ चैत । माथागढी गाउँपालिका–३ सराइस्थित दिव्यज्योति नमूना माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकलाई उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिइएको छ ।

विद्यालयको शैक्षिक गुणस्तरलाई प्रभावकारी बनाउन तिनै पक्षको भूमिका रहने भएकाले उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिइएको हो ।

दुइ दिनसम्म संचालन भएको प्रशिक्षणमा डाक्टर ताराप्रसाद गिरीले सहजीकरण गर्नुभएको थियो । तिम्रो जन्म संयोग होइन, आवश्यक थियो भनेर देखाउनगरी अध्ययन गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । विद्यालयलार्ई सुधार गर्न विद्यार्थी, शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । कलिला बालबालिकालाई सही शिक्षा र संस्कार दिन सके मात्र व्यक्ति, परिवार, समाज र देशमा सकारात्मक परिवर्तन हुन्छ । अभिभावक, शिक्षक र विद्यार्थीले पूरा गर्नुपर्ने दायित्व, उनीहरूले दैनिक सुधार गर्नुपर्ने आनीबानी, महान व्यक्तिका जीवनबाट पाइने शिक्षाका बारेमा जानकारी दिनुभएको थियो । हामी किन जन्मिएका हौं । के गर्नका लागि पढेका हुन्छौं ।बजीवन र जिन्दगी के हो ? राष्ट्रका लागि गहनाजस्तै बन्न कसरी सकिन्छ । सामाजमा सम्मानजनक जिउन कसरी सकिन्छ, कुलतमा किन लाग्नु हुँदैन जस्ता विषयवस्तुबारे उनले सहजीकरण गर्नुभएको थियो । बालबालिकालाई किन पढाउनुपर्छ । बालबालिका र पढ्ने विद्यालयप्रति अभिभावक र शिक्षकले अलिबढी चासो राख्न आवश्यक रहेको डाक्टर गिरीले बताउनुभयो ।

प्रशिक्षणमा विद्यालय अध्ययनरत कक्षा ८, ९, १०, ११ र १२ का  गरी ५०० बढी विद्यार्थी सहभागी थिए । अभिभावक तथा शिक्षक स्टाफलाई अर्को दिन प्रशिक्षण दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाले बताउनुभयो । यस विद्यालयलाई नमुना विद्यालयको रुपमा घोषणा गरिएको छ । विद्यालयलाई नमूना बनाउन सकारात्मक दृष्टिकोणका साथ अघि बढ्नुपर्ने हुँदा यस खालको प्रशिक्षण आयोजना गरिएको उहाँले बताउनुभयो ।

विद्यालय सुधार तथा नमूना विद्यालय निर्माणका लागि यो प्रशिक्षण दिइएको हो । विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्दै अगाडि बढेको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थापाले बताउनुभयो । हाल विद्यालयमा पिजी कक्षा (खेल समूह), अंग्रेजी माध्यममा पठनपाठन, विद्यालय नर्ससहितको प्राथमिक उपचारको व्यवस्था, आधुनिक कम्प्युटर ल्याबको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

- Advertisement -
Ad image

यस विद्यालयमा एक हजार बढी विद्यार्थी अध्ययनरत छन्। 

प्रतिक्रिया दिनुहोस्