Ad imageAd image

अब ‘हेलो सरकार’ सेवा स्थानिय तहमा पनि विस्तार

खबर खुराक
खबर खुराक ७ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

७ चैत काठमाडौं । सरकारले जनगुनासो सुन्न सञ्चालनमा ल्याएको ‘हेलो सरकार’ स्थानीय तहमा पनि विस्तार गरिने भएकाे छ ।

साेमबार प्रतिनिधिसभामा विश्वासकाे मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेलो सरकार सेवालाई केन्द्र सरकारसँगै स्थानीय तहसम्म विस्तार गर्न लागेकाे जानकारी दिए ।

”हेलो सरकारलाई थप प्रभावकारी बनाइएको छ र आगामी दिन स्थानीय तहसम्म विस्तार गरिने छ,” उनले भने ।

सरकारले जनगुनासो सुन्न सञ्चालनमा ल्याएको हेलो सरकारकाे फेसबुक पेज लामो समयदेखि निष्क्रिय छ भने ट्वीटर ह्यान्डल र वेब पाेर्टल पनि प्रभावकारी हुन नसकेकाे टिप्पणी भइरहेकाे बेला प्रधानमन्त्री प्रचण्डले स्थानीय तहसम्म हेलाे सरकार सेवा सञ्चालनमा ल्याउन लागेकाे बताएका छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्