Ad imageAd image

आजको मौसम : हावाहुरीसहित पानी पर्ने

खबर खुराक
खबर खुराक ७ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

७ चैत काठमाडौं ।  हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।

देशका पहाडी भू-भागका केही स्थानमा र तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुनेछ। देशका अधिकांश ठाउँमा चट्याङ्ग, हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर आशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिना सहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भू-भागका केही स्थानमा तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्