७ चैत काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण नेपालीलाई छुवाछुत र जातीय हिंसाविरूद्ध उभिन आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा मंगलबार शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले सभ्य र सु-संस्कृत समाज निर्माणमा एकजुट हुन आग्रह गरेका हु्न्।
‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति,समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपील गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,’उनले भने।
प्रतिक्रिया दिनुहोस्