७ चैत दाङ ।आज दाङको राप्ती बबई क्याम्पस तुलसीपुरमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएको छ ।
बिहान साढे ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन अधिकृत टेकनप्रसाद कँडेलले जानकारी दिए ।
विद्यार्थी संगठनको तालाबन्दीका कारण आइतबार हुने निर्वाचन स्थगित गरिएको थियो । राप्ती बबई क्याम्पसमा कुल २ हजार ४ सय ३३ विद्यार्थी मतदाता छन्।
सरकारी तथा सामुदायिक गरी नौ क्याम्पस रहेको दाङका ३ वटामा तालाबन्दीका कारण स्ववियु निर्वाचन स्थगित भएको छ। बाँकी चारमा भने चैत ५ गते नै निर्वाचन भइसको छ ।
प्रतिक्रिया दिनुहोस्